भीमफेदी २ मा एमालेका उम्मेदवार विजयी

तु खबर संवाददाता
२०७९ बैशाख ३१,शनिबार १७:०३

मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्वर २ को मतगणना सम्पन्न भएको छ । मतगणना अनुसार सो वडामा नेकपा एमालेका काशिराम बज्यु निर्वाचित भएको निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बज्यु ७ सय ७४ मतसहित निर्वाचित भएका हुन् । यस्तै, वडाध्यक्षकै उम्मेदवार नेकपा एकीकृत समाजवादीका कर्णबहादुर पाख्रिनले ७ सय ३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तुलसी थापाले ३५ मत प्राप्त गरेका छन् ।

यस्तै, वडा सदस्यहरुमा नेकवा एमालेबाट किरणकुमार थिङ (७१७), रामेश्वर गोपाली (७१३), महिला सदस्यमा एमालेकी विष्णुमाया राना मगर (७३३) र दलित महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी सुन्तलीमाया पोडेले (७३०) मत  प्राप्त गरेका छन् ।