मतगणना अपडेटः हेटौंडा १८ मा एमाले अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ को २५० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १०६ मत पाएका छन् ।
यस्तै, गठबन्धनकी उम्मेदवार मिना कुमारी लामाले ७६ मत प्राप्त गरेकी छन् भने राप्रपाका दिपकबहादुर सिंहले ४६ मत ल्याएका छन् ।
त्यस्तै उपमेयर पदमा नेकपा एमालेकी सुमित्रा काफ्लेले ११४ मत प्राप्त गरेकी छन् भने गठबन्धनका राजेश बानियाँले १०८ मत र राप्रपाकी उम्मेदवार इन्दिरा डल्लाकोटीले १० मत प्राप्त गरेका छन् ।
यस्तै, वडा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारले १३२ मत, गठबन्धनका उम्मेदवारले ९४ र राप्रपाका उम्मेदवारले ९ मत प्राप्त गरेका छन् ।
