हेटौंडा १९ मतगणना अपडेट : ५०० गन्दा मिनाको अग्रता
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १९ नम्वर वडाको हालसम्म ५ सय मत गणना भएको छ । जसमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले १९४ मत ल्याएकी छिन् ।
त्यस्तै, नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले १५० र राप्रपाका दिपकबहादुर सिंहले ८४ मत ल्याएका छन् ।
उपमेयर पदमा गठबन्धनका राजेश बानियाँले २११, एमालेकी सुमित्रा काफ्लेले १८३ मत पाएका छन् भने राप्रपाका उम्मेदवारले १४ मत प्राप्त गरेका छन् ।
वडा अध्यक्षतर्फ एमालेका उम्मेदवारले १८७, कांग्रेसका उम्मेदवारले १५२ र माओवादीको उम्मेदवारले १२७ मत प्राप्त गरेका छन् ।
