भीमफेदी १ मा कांग्रेसका स्याङ्तान विजयी

तु खबर संवाददाता
२०७९ बैशाख ३१,शनिबार १३:५२

मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्वर १ को मतगणना सम्पन्न भएको छ । मतगणना अनुसार सो वडामा नेपाली कांग्रेसका सोमबहादुर स्याङ्तान ९ सय १० मतसहित विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सो वडामा नेकपा एमालेकी पञ्चमाया स्याङ्तानले ६ सय ५५ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुर्गाबहादुर गोलेले ५ मत प्राप्त गरेका छन् । यस्तै, वडा सदस्यहरुमा नेपाली कांग्रेसका तर्फबाट मुक्ति लामा (८८२), राजकुमार स्याङ्तान (८६२), महिला सदस्यमा कांग्रेसकी सुमित्रा थिङ (८१६) र दलित तर्फ सदस्यमा कांग्रेसको गोपिनी विश्वकर्मा (९०८) विजयी भएका छन् ।