दुर्घटनामा सहायक मतदान अधिकृतको मृत्यु

तु खबर संवाददाता
२०७९ बैशाख ३१,शनिबार १०:४१

सुर्खेत । सवारी दुर्घटनामा परेर स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा खटिएका सहायक मतदान अधिकृतको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय हृदयराम ढकाल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार, ढकाल वीरेन्द्रनगर–३ मा रहेको हरि डिलभूमि माध्यमिक विद्यालयको मतदान केन्द्रमा खटिएका थिए । उनको शुक्रबार राति कर्णाली प्रदेश ०२–००१ ब ००११ नम्बरको मोटरसाइकलवी रेन्द्रनगर–८ मा मोटरसाइकल दुर्घटनामा उनको घटनाीथलमै मृत्यु भएको हो । ढकालको शव पोष्टमार्टका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको जनाइएको छ ।