दाङको राप्ती गाउँपालिका–९ को अध्यक्षमा माओवादी केन्द्र निर्वाचित

तु खबर संवाददाता
२०७९ बैशाख ३१,शनिबार १०:००

दाङ । दाङको राप्ती गाउँपालिका वडा नम्वर ९ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर निर्वाचित भएका छन् । मगर ३७६ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनी २०७४ को स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्रबाटै वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

उक्त वडामा कूल ७१४ मत खसेको थियो । जसमा माओवादीका मगरले ३७६ मत प्राप्त गरेका हुन् । यस्तै, कांग्रेसका उम्मेदवारले २२६, नेकपा एमालेका उम्मेदवारले ६८ मत प्राप्त गरेका छन् । राप्तीमा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका थिए ।