इन्द्रसरोवर १ को ९०० मतगणना : कांग्रेसको अग्रता

तु खबर संवाददाता
२०७९ बैशाख ३१,शनिबार ०८:२६

मकवानपुर । इन्द्रसरोवर गाउँपालिका वडा नम्वर १ को ९ सय मतगणना गर्दा नेपाली कांग्रेसले पालिकामा अग्रता कायम गरेको छ । नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवारले ४ सय २२ मत प्राप्त गरेका छन् भने उपाध्यक्षको उम्मेदवारले ४ सय ६३ मत प्राप्त गरेका छन् ।

दोस्रोमा नेकपा एमालेबाट अध्यक्षमा ३ सय ६ मत र उपाध्यक्षमा २ सय ९६ मत प्राप्त भएको छ । यस्तै, नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा १ मत, जनता समाजवादी पार्टी (जसपा) बाट अध्यक्षमा १२ र नेकपा माओवादीबाट अध्यक्षमा ३६ मत प्राप्त गरेका छन् ।

वडाध्यक्षतर्फ नेपाली कांग्रेसले ४ सय ६४ मत प्राप्त गरी अग्रता कायम गरेको छ भने नेकपा एमालेको २ सय ७० मत प्राप्त गरेका छन् ।