हेटौंडामा मतगणना सुरु

तु खबर संवाददाता
२०७९ बैशाख ३१,शनिबार ०७:५६

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । मतगणनाबारे निर्णय लिन शुक्रबार राति बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले शनिबार विहान ७ बजेबाट मत गन्न थाल्ने निर्णय गरेपनि केही समय ढिलो गरी मतगणना सुरु भएको हो ।

मतगणना हेटौंडा–२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा सुरु भएको हो । कुल १ लाख ४ हजार ४ सय ७३ मतदाता रहेको हेटौंडामा ७३ हजार ४ सय १४ मत खसेको थियो । तीमध्ये हाल हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ को मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।

मतगणना प्रारम्भ भएको र अब अब वडा नम्वर २, १८ र १९ को पनि गणना गरिने मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए ।