भीमफेदीका रानाको मृत्यु

तु खबर संवाददाता
२०७९ बैशाख ३१,शनिबार ०७:१६
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ५ सुपिङमा एक जनाको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४३ वर्षीय दिलिप राना रहेका छन् ।

दिलिपको शुक्रबार साँझ भोट हालेर फर्किने क्रममा घर नजिकैको डिलबाट लडेर घटनास्थलमै मृत्यु भएको उनका भतिजा भूपेन्द्र रानाले तु–खबरलाई जानकारी दिए । उनका अनुसार, मृतक दिलिपको शव हाल पोष्टमार्टमको लागि हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ ।