उम्मेदवारको गाडीले ठक्करबाट मतदाताको मृत्यु

तु खबर संवाददाता
२०७९ बैशाख ३०,शुक्रबार १८:०७
सांकेतिक तस्वीर

रुकुम पश्चिम । रुकुम पश्चिममा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार जनक बाँठामगर सवार गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिकाको धारवाङ स्कुलको मतदान केन्द्रमा लु ३ च ३३१० नम्वरको गाडीले ठक्कर दिँदा बाँफिकोट–७ का ७० वर्षीय प्रवीण खत्रीको मृत्यु भएको हो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको सल्ले अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

अर्थमन्त्री जनार्दन शर्मा, नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीलगायत मृतक खत्री परिवारका सदस्यहरुसँगै अस्पतालमा छन् । गाडीमा उम्मेदवार जनककुमार बाँठा मगर सवार थिए । खत्री मत हाल्नका लागि मतदान केन्द्रतिर जाँदै थिए भने बाँठा मतदान केन्द्रको अनुगमनका लागि जाँदै गर्दा उक्त गाडीले ठक्कर दिएको जनाक्ष्एको छ । प्रहरीले गाडीका चालक देवराज शाहीलाई नियन्त्रणमा लिएको छ ।