मकवानपुरमा एक पुरुषको शव फेला

तु खबर संवाददाता
२०७९ बैशाख २९,बिहीबार १७:२०
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा एक जनाको शव फेला परेको छ । बकैया गाउँपालिका वडा नम्वर २ को कैलेनी भिर नजिकै एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्थानीयले खोला नजिकै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको अहिलेसम्म पहिचान नखुलेको र शवलाई हेटौंडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।