दुर्घटनामा अधिकारीको मृत्यु

तु खबर संवाददाता
२०७९ बैशाख २८, बुधबार ०८:२३
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको कलंकी चोकमा आज बिहान टिपरले ठक्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहान करि ३ बजेको समयमा थानकोटबाट स्वयम्भुतर्फ आइरहेको बा ५ ख ७३४५ नम्वरको टिपरले सोही दिशामा रहेको बा ८० प ६३७३ नम्वरको मोटरसाइकल ठक्कर दिँदा चालकको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङको धुनिवेशी नगरपालिका वडा नम्वर २ घर भएका ४५ वर्षीय दिवाकर अधिकारी रहेका छन् । टिपरको ठक्करबाट गम्भीर घाइते भएका अधिकारीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई कालीमाटी प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।