आज नेप्से ४४ अंकले बढ्दा १ अर्ब ३५ करोडमाथिको कारोबार

तु खबर संवाददाता
२०७९ बैशाख २७,मंगलवार १६:२१
file-photo

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४४. १६ अंकले बढेर २३१३ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३३ लाख ३० हजार १५० कित्ता शेयर किनेबच हुँदा १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा रहेका १३ उपसूचकमा नै हरियाली छाएको छ । आज सर्वाधिक जीवन बीमा समुहको २३६.८१ रुपैयाँ र निर्जिबन बीमा समुहको १२४.०५ रुपैयाँले बढेको छ । पछिल्लो समय नेप्से घट्दा सर्वाधिक बीमा समुहको घट्ने र बढ्दा बीमा समुहकै बढ्ने देखिएको छ । बीमा कम्पनीहरुको चुक्तापुँजी बृद्धिको विषयले एकाएक बीमा कम्पनीको शेयर आज बढेको देखिएको छ ।