गठबन्धनका उम्मेदवारहरुलाई भोट दिन भुवन केसीको आग्रह
मकवानपुर । नेपाली चलचित्र क्षेत्रका सदाबाहर नायक भुवन केसीले सत्तारुढ गठबन्धनका उम्मेदवारलाई भोट दिएर जिताउन आग्रह गरेका छन् । उनले नेपाली कांग्रेसले मात्रै देश र जनताको पक्षमा काम गर्न सक्ने भन्दै कांग्रेसले नेतृत्वगरेको गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडीमा आयोजित चुनावी सभा एवम् साँस्कृतिक कार्यक्रममा बोल्दै उनले कांग्रेसको नेतृत्वले गरेको काम देखेरै आफु कांग्रेसमा लागेको बताए । नायक केसीले एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेकाहरुलाई बधाई दिँदै राम्रो काम गरेको भन्दै प्रसंशा गरे ।
उनले एमाले नेतृत्वमा देखिएको अहंकार र सर्वसत्तावादी व्यबहारका कारण आफुले पनि केही समय अघि मात्रै एमाले छाडेर कांग्रेस प्रवेश गरेको बताए । उनले नेपाली कांग्रेसले नेतृत्व गरेको गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह पनि गरे । गठबन्धनका उम्मेदवारको जित नै जनताको वास्तविक जित हुने भएकाले गठबन्धनको पक्षमा माहोल सृजना गर्न नायक केसीले आग्रह गरे ।
