हेटौंडाको मेयरमा निर्वाचित भए भ्रष्टाचार अन्त्य गर्छु : दिपक सिंह

तु खबर संवाददाता
२०७९ बैशाख २५, आईतवार १८:१९
file-photo

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनको लागि राप्रपाबाट हेटौंडा उपमहानगरपालिकाको मेयर उम्मेदवार दिपकबहादुर सिंहले आफुलाई हेटौंडाको मेयरमा जिताउँन आग्रह गरेका छन् । आज हेटौंडाको हुप्राचौरमा भएको चुनावी आमसभामा बोल्दै उम्मेदवार सिंहले आफु मेयर पदमा निर्वाचित भए हेटौंडामा भ्रष्टचार अन्त्यय गर्ने उद्घोष गरे ।

उनले हेटौंडाको स्वास्थ्य क्षेत्र निकै कमजोर रहेको र हेटौंडा अस्पताल रिफर सेन्टरको रुपमा रहेको भन्दै आफु मेयरमा विजयी भए विशेषज्ञ सेवा सहितको सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले हेटौंडालाई सुन्दर, सभ्य, सफा तथा विकासको दृष्टिकोणले देशकै नमुना सहर बनाउन आफु लागि पर्ने बताए । उनले आफु र जनताको गठबन्धन भएको भन्दै यसपटकको मेयरमा आफु जित्ने र सरकारको भ्रष्टचारको गठबन्धन पराजित हुने दाबी गरे ।