चट्याङ लागेर एकको मृत्यु, एक घाइते
ओखलढुङगा । ओखलढुङगाको लिखु गाउँपालिका–८ टारकेराबारीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । चट्याङ लागेर स्थानीय ४४ वर्षीय देवबहादुर दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्याल ओखलढुंगाले जनाएको छ ।
प्रहरीका अनुसार, चट्याङ लागेर घाइते भएका उनलाई उपचारको लागि तामाकोशी अस्पताल रामेछाप पठाइएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै, चट्याङ लागेर स्थानीय ४० वर्षीय मेघबहादुर दर्जी घाइते भएका छन् । घाइते भएका मेघबहादुरलाई भने थप उपचारको लागि ललितपुरस्थित पाटन अस्पताल रिफर गरिएको जनाइएको छ ।
