खोलामा डुबेर भारतीय नागरिकको मृत्यु

तु खबर संवाददाता
२०७९ बैशाख १९,सोमबार ०९:४८
सांकेतिक तस्वीर

पाल्पा । पाल्पाको तिनाउमा डुबेर एक जना भारतीय नागरिक मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका वडा नम्वर ३ ड्यामस्थित खोलामा पौडी खेल्ने क्रममा डुबेर भारतीय नागरिक मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार, पौडी खेल्ने क्रममा भारतको गोरखपुरबाट घुम्न आएका अन्दाजी ३५ वर्षका अंकित श्रीवास्तवको मृत्यु भएको हो । श्रीवास्तवको डुब्नासाथ उद्धार गरे प्रादेशिक अस्पताल बुटवलमा ल्याएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।