कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय एवम् परिचालन उपसमितिमा सदस्य थप
काठमाडौं । नेपाली कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवम् परिचालन उपसमितिमा सदस्यहरु थप गरेको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै उपसमितिमा १७ जना नयाँ सदस्यहरु थप भएको जानकारी दिए ।
उनका अनुसार उपसमितिको सदस्य सचिवमा डेनमार्कका पूर्वसभापति एवम् पार्टीका महासमिति सदस्य विरेन्द्र सिंह कार्की नियुक्त भएका छन् । कांग्रेसले केन्द्रीय सदस्य उदय शम्शेर राणाको संयोजकत्वमा विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति गठन गरेको थियो ।
हेर्नुहोस् विज्ञप्ति ।

