नारायणगढको चार तल्ले भवनमा आगलागी हुँदा करोडौंको क्षति

तु खबर संवाददाता
२०७९ बैशाख १५, बिहीबार ०८:५२

चितवन । चितवनको नारायणगढ कमलनगरस्थित एउटा चार तल्ले भवनमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । स्थानीय तुल्सीराम सापकोटाको चार तल्ले घरको पहिलो चार तल्लामा विभिन्न व्यक्तिले संचालन गरेको इलेक्ट्रोनिक पसल, जुत्ता चप्पल र कपडाको गोदाम लगायतका सटरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार, बिहान २ बजेदेखि लागेको आगो चार वटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयको सहायतमा बिहान ७ बजे मात्रै नियन्त्रणमा लिइएको हो । भरतपुर महानगरपालिकाको एक, खैरहनी नगरपालिकाको दुई र नेपाली सेनाको एउटा दमकलले आगो निभाइएको हो ।

आगलागीबाट करोडौं रुपैयाँको क्षति भएको अनुमान गरिएको पनि क्षतिको यकिन विवरण आइनसकेको जनाइएको छ । भारतले घरको पहिलो तलामा सञ्चालन भएका एक्सप्रेस मोबाइल पसल, दुर्गा इलेक्ट्रोनिक पसल, श्रीकृष्ण सप्लायर्स, जुत्ता पसल, फेन्सी पसल र दियालो फेन्सी पसलमा आगलागी भएको प्रहरीले जनाएको छ ।