आज हेटौंडाको यी स्थानमा विद्युत आपूर्ति बन्द हुने
मकवानपुर । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले चौघडा, ग्रामीण र वंशगोपाल फिडर अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ र वडा नम्वर १७ मा आज दिउँसो विद्युत आपूर्ति सेवा बन्द हुने जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार, हेटौंडा–५ सिचाइटोलमा जडान गरिएको ट्रान्सफर्मर चार्ज गर्नुपर्ने र हेटौंडा–१७ राजदेवीमा जलेको ट्रान्सफर्मर फेर्नुपर्ने भएकोले दिउसो १२ बजेदेखि २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो ।
हेर्नुहोस सूचना ।

