एमाले सचिवालय बैठक आज बस्दै, महानगर र उपमहानगरका उम्मेदवार टुंग्याउने

तु खबर संवाददाता
२०७९ बैशाख १०, शनिबार ०९:०४
file-photo

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेदवारीको टुंगो लगाउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा दिउँसो ३ बजे बस्न लागेको एमाले प्रचार–प्रसार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

उनको अनुसार, बैठकले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेदवारबारे निर्णय गर्नेछ । यस्तै, सो बैठकले निर्वाचन सम्बन्धि आवश्यक निर्णय पनि गर्ने उनको भनाई छ । एमालेले ६ महानगर र ११ उपमहानगरपालिका उम्मेदवार केन्द्रबाट तय गर्न लागेको हो ।