हेटौंडाबाट लागूऔषधसहित दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध गाँजा ३ केजी ५ सय २० ग्रामसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर २ हाडीखोला घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० मा डेरा गरी बस्ने ६२ वर्षीया कान्छीमाया भोलन र हेटौंडा उपमहानगरपालिका–१० टिसियन रोड बस्ने १८ वर्षीय किशोर रहेका छन् । मंगलबार पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
