सत्ता गठबन्धनको बैठक जारी

तु खबर संवाददाता
२०७९ बैशाख ७, बुधबार १५:५१
file-photo

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ । बुधबार पाँच दलीय गठबन्धनको बैठक जारी रहेको सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकमा यही बैैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगर, उपमहानगरपालिकामा भागबण्डाको टुंगो लगाइने बताइएको छ । मंगलबार रातिदेखि बिहान साढे २ बजेसम्म बसेको गठबन्धनको बैठकले सहमति जुटाउन नसके पछि आज पुनः बैठक बसेको हो ।