सत्ता गठबन्धनका नेता सम्मिलित निर्वाचन तयारी समितिको बैठक जारी

तु खबर संवाददाता
२०७९ बैशाख ५, सोमबार ०९:५९
file-photo

काठमाडौं । सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक जारी छ । गठबन्धनका शीर्ष नेताहरुसहित संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आइतबार बसेको बैठकमा दलका नेताहररूले आ–आफ्नो दाबी प्रस्तुत गरेका थिए ।

आइतबारको बैठकमा नेकपा (माओवादी केन्द्र) ले चितवनको भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका लिने प्रस्ताव गरेका थिए । कांग्रेसले भने दाबी गरेको थिएन । आज महानगर र उपमहानगरपालिकाहरूको भागबण्डामा छलफल गरी निष्कर्षमा पुग्ने प्रयास हुने नेताहरूले बताए ।