वडा सदस्य सत्यालको मृत्यु

तु खबर संवाददाता
२०७९ बैशाख ५,सोमबार ०९:२५
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्वर ३० का वडा सदस्य निरजराज सत्यालको मृतयु भएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं ३० को वडा सदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे मृत्यु भएको हो ।

उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । उनले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए । नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीति अगाडि बढाएका सत्याल त्रिचन्द्र क्याम्पसको पूर्वस्ववियु पदाधिकारी बनेका थिए । उनी काठमाडौं क्षेत्र नं ४ को पूर्वक्षेत्रीय सदस्यसमेत हुन । उनको आइतबार राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।