नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक बस्दै

तु खबर संवाददाता
२०७९ बैशाख ५, सोमबार ०९:१३
file-photo

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ११ बजे पार्टी कार्यालय थापथलीमा बस्नेछ ।
बैठकमा पार्टीका तर्फबाट बन्ने उम्मेदवार, चुनावी घोषणापत्र लगायतका विषयमा छलफल हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

उनका अनुसार, आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीबाट जारी गरिने प्रतिबद्धतापत्र लगायतका विषयमा बैठकमा छलफल हुने जानकारी दिए । स्थानीय तह निर्वाचन केन्द्रीत एजेण्डाहरूमाथि छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक पनि आज साँझ बस्दैछ । बैठक साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बोलाइएको प्रचार विभाग उपप्रमुख रिजालले जानकारी दिए । यसअघि सचिवालय बैठक च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्ने भनिएको थियो ।