क्रान्तिकारी माओवादीका तीन नेता निष्कासित
काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले तीन नेतालाई निष्कासन गरेको छ । फुटपरस्त गतिविधि गरेको, अरु पार्टीमा प्रवेश गर्न बोर्गेनिङ गरेको र केन्द्रीय कार्यालयको सम्पर्कमा सते नआएको भन्दै पार्टीले तीन नेतालाई निष्कासन गरेको महासचिव मोहन बैद्यले जानकारी दिए ।
उनका अनुसार, पोलिटब्यूरो सदस्य नगेन्द्र राई, केन्द्रीय सदस्यद्धय निलबहादुर पुन र कुमार बोगटीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको हो ।
