२६ अंकले घट्यो शेयर बजार

तु खबर संवाददाता
२०७८ चैत्र २३, बुधबार १५:५२

काठमाडौं । आज साताको चौथो दिन पनि शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक २६ दशलव ०३ अंकले घटेर २ हजार ४२६ दशमलव ०३ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४२ लाख ८५ हजार २३८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९४ करोड ९४ लाख २२ हजार ६३६ रुपैयाँको कारोबार भएको छ ।

शेयर बजारमा मात्रा र कारोबार रकम दुवै घट्न पुगेको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ समूह बाहेकका सबै सूचक राताम्य भएका छन् । होटल तथा पर्यटन समूह, अन्य समूह र म्युचुअल फण्ड समूहमा आज हरियाली छाएको छ भने सर्वाधिक निर्जिबन बीमा समूहको १८६.८१ रुपैयाँले घटेको छ ।