हेटौंडाका २१९ नेपाली कांग्रेसमा प्रवेश
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ गुम्बाडाँडाका २ सय १८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार कांग्रेस हेटौंडा–१८ को आयोजनामा भएको सांस्कृतिक कार्यक्रम तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २ सय १८ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।
कांग्रेस हटौंडा–१८ का सभापति राजेन्द्रराज बानियाँको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले, राप्रपा र माओवादी परित्याग गरी २ सय १९ जना कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीलाई सभापति बानियाँले साधारण सदस्यता दिएर कांग्रेसमा स्वागत गरेका थिए ।

नवप्रवेशीलाई स्वागत गर्दै नेता बानियाँले कम्युनिष्टले भ्रमको खेति गर्दै झुटा आश्वासन बाँडेको थाहा पाएपछि अहिले कांग्रेसप्रति जनलहर बढेको देखेर एमाले आत्तिएको बताए । कांंग्रेस हारको डरले गठबन्धन गरेको नभै संघीयता, गणतन्त्र र अहिलेको व्यवस्था समाप्त पार्न लागि परेको एमाले र केपी ओलीविरुद्धको गठबन्धन भएकाले कांग्रेसले व्यवस्था जोगाउन गठबन्धन गरेको बताउँदै सबै मिलेर एमालेलाई पत्तासाफ गर्न लाग्नुपर्ने बताए ।

कार्यक्रममा कांग्रेस बागमती प्रदेश सदस्य तारा गुरुङ्ग, मकवानपुरका जिल्ला उपसभापति आनन्द कठायत, कोषाध्यक्ष एवं वडा प्रतिनिधि होमनाथ गौतम, जिल्ला सदस्य एवं संगठन विभाग शैलेन्द्रराज बानियाँ, महासमिति सदस्य खगेन्द्र सुनार, जिल्ला सदस्यहरु गोपीलाल विश्वकर्मा, आनन्दराम पराजुली, संघीय सभापति दामोदर खनाल, प्रदेश सभापति सुशान्त श्रेष्ठ, हेटौंडा उपमहानगर सभापति उत्सव ईटेनी, महिला संघ जिल्ला सचिव निलम देवकोटा, हेटौंडा–१८ का उपसभापति पुरुषोत्तम अधिकारी, तरुण अध्यक्ष अशोक गोतम, कमला खड्कालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
