राप्रपाको कार्यसम्पादन समिति सदस्यमा ज्ञानेन्द्र शाही मनोनिन

तु खबर संवाददाता
२०७८ चैत्र १६, बुधबार ०९:५१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्रबहादुर शाही पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई मंगलबार केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित गरेका हुन् ।

राप्रपा र सुशासनका लागि ‘हाम्रो नेपाल हामी नेपाली’ अभियानबीच भएको सम्झौता अनुसार कार्यसम्पादन समिति सदस्य मनोनित गरिएको अध्यक्ष लिङ्देनले उल्लेख गरेका छन् । यसअघि कार्यसम्पादन समितिमा २० जना मनोनित भइसकेका छन् ।