मकवानपुरबाट किटनाशक औषधी र मलसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०७८ चैत्र १५, मंगलवार १८:३५

मकवानपुर । मकवानपुर प्रहरीले किटनाशक औषधी र मलसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ८ सिमपानीबाट अप्रतिबन्धित किटनाशक औषधी र अवैध मलसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सर्लाही बसपडिया गाउँपालिका–६ बस्ने ३२ वर्षीय सन्तोष साह र चितवन माडी नगरपालिका–९ बगही बस्ने ३२ वर्षीय गिरेन्द्र दुरा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, उनीहरुलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले बिनग्रो जी ४९ बोरा र जिल १६ कार्टुनसहित पक्राउ गरेको हो ।

प्रहरीले ना १ ज ४७७६ नम्वरको म्याजिकबाट १७ बोरा बिनग्रो जी र ५ कार्टुन जिल बरामद गरेको थियो । सोधपुछ गर्दा हेटौंडा उप– महानगरपालिका–१९ बस्तिपुरस्थित भाडाको कोठा भित्र लुकाएर राखेको बिनग्रो जी ३२ बोरा र जिल ११ कार्टुन बरामद भएको प्रहरी नायव उपरीक्षक रिमालले बताए । पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ । ।