हेटौंडाका स्वास्थ्यकर्मीलाई ३ दिने अभिमुखीकरण तालिम

तु खबर संवाददाता
२०७८ चैत्र १५, मंगलवार १७:५३

मकवानपुर । मकवानपुरको हेटौंडामा स्वास्थ्यकर्मीहरुलाई दिइएको ३ दिने अभिमुखीकरण तालिम आज सकिएको छ । हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाका २५ जना स्वास्थ्यकर्मीहरुलाई दिइएको उक्त तालिम सकिएको हो ।

तालिम सामाजिक विकास महाशाखाको स्वास्थ्य शाखाको आयोजनामा गत आइतबारबाट सुरु भएको थियो । अभिमुखीकरणमा नाक, कान, घाटी, मुखको समस्याबाट बच्न बिरामीको उपचार र परामर्श गराउन उद्देश्यले तालिमको आयोजना गरिएको स्वास्थ्य निरीक्षक प्रल्हाद कालाखेतीले जानकारी दिए ।

उनका अनुसार, विश्वमा आँखाको अन्धोपन र कानको बहिरो पन भएका मानिसहरुको संख्या बढ्दो छ । आँखा र कानको समस्याबाट बचाउन स्वास्थ्य संस्थाका नर्स स्टाफ, स्कुल हेल्थ नर्स, स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिएको उनले बताए । तालिममा डा. सुनिल थवालि, कृष्ण राज ढुङ्गानाले प्रशिक्षण दिएका थिए ।