बागमती प्रदेश सरकारले मनायो वन डढेलो सचेतना सप्ताह
मकवानपुर । बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयले वन डढेलो सचेतना सप्ताह मनाएको छ । २०७८ साल चैत्र २ गतेको वन तथा वातावरण मन्त्रीस्तरीय निर्णयअनुसार यही चैत्र ७ गतेदेखी १३ गतेसम्म वन डढेलो सचेतना सप्ताह मनाएको हो ।
नेपालमा केही वर्ष यता वन डढेलो अपवाद बाहेक हरेक वर्षको नियति एवम् एक गम्भिर उल्झनको रुपमा देखा परिरहेको र वन डढेलो र बढ्दो तापमानको दुश्चहक्रिय अन्तरसम्बन्धले थप सामाजिक, आर्थिक तथा वातावरणीय समस्याहरु बढ्दै गएको महसुस भई मन्त्रालयले जिल्लास्थित डिभिजन वन कार्यालयहरुको अगुवाईमा उक्त कार्यक्रम संचालन गरेको हो ।

बागमती प्रदेशभरका वन क्षेत्रमा डढेलोको मौसमभर निगरानी तथा चनाखो भई कार्यक्रम संचालन गर्नसक्ने वन क्षेत्रको संरचना, आधुनिक सामग्री र दक्ष जनशक्तिको व्यवस्था तथा जवाफदेहिताको प्रणालि विकास गरी स्थानीय स्तरदेखि प्रदेशसम्म प्रभावकारी समन्वयमार्फत स्थानीय सरकार तथा जनसमुदाय, नेपाल प्रहरी, नेपाली सेना तथा राजनैतिक दलहरु समेतको सक्रियता र सहभागितामा कार्यक्रम संचालन भएको हो ।
कार्यक्रम संचालन हुनु अपरिहार्य भएको तथा संलग्न हुने निकायहरु तथा सरोकारवालाहरुलाई नीतिगत तथा कार्यात्मक हिसाबले साझा जिम्मेवारी सुम्पनु र त्यसका लागि जागरण गर्नु र सजग बनाउनु उत्तिकै जरुरी रहेकोले डढेलो व्यवस्थापन जस्तो पवित्र कार्यमा प्रदेशले विशेष प्राथमिकता दिई ‘एउटा साझा अभियान’ संचालन गर्नु आजको टड्कारो आवश्यकता भएकोले यो अभियान संचालन गरिएको मन्त्रालयले जनाएको छ ।

अभियन अन्तरगत पहिलो र दोश्रो दिन डिभिजन वन कार्यलय स्तरीय र सब डिभिजन वन कार्यालय स्तरीय वन डढेललो नियन्त्रणका लागि स्थानीय तह, सैनिक, स्थानीय प्रशासन र नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक वन उपभोक्ता, कबुलियति वन समूह, इकोक्लबहरुसंग समन्वय बैठक गर्ने, तेश्रो दिन मुख्य मुख्य स्थानहरुमा र्यातली र माईकिङ्ग गर्ने, चौथो र पाँचौं दिन राजमार्ग छेउका स्थान तथा वन डढेलोबाट जोखिमयुक्त स्थानहरुमा पतकर संकलन र माईकिङ्ग गर्ने तथा छैठौं र सातौं दिन राजमार्ग छेउका स्थान तथा वन डढेलोबाट जोखिमयुक्त स्थानहरुमा पतकर संकलन गरी कन्ट्रोल बर्निङ्ग र माईकिङ्ग गर्ने कार्य गरेको मन्त्रालयले जनाएको छ । कार्यक्रममा सरोकारवालाहरुको उल्लेखनिय सहभागिता रहेको र अभियान पुर्ण रुपमा सफल भएको मन्त्रालयले जनाएको छ ।

