हेटौंडा–११ मा मधेसी मुक्तिमोर्चाको वडा कमिटी गठन
मकवानपुर । नेकपा माओवादी केन्द्रको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ मा वडा कमिटी गठन गरिएको छ । पार्टीको शनिबार बसेको भेलाबाट ताज महमदको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा भूषण गुप्ता, सचिवमा जितेन्द्र दास, सहसचिवमा मुकेश दास, कोषाध्यक्षमा पुनम शाह चयन भएका छन् । यसैगरी सदस्यहरुमा क्रमशः जयराम दास, राहुल सराफ, छोटु शाह, सञ्जयकुमार ठाकुर, भरत दास, लालबाबु शाह, इज्राइल मिया, पिन्टु शाह, पार्वती बानियाँ, खुर्सीद आलम, असोक पण्डित र केशव गुप्ता रहेका छन् ।
माओवादी केन्द्र हेटौंडा–११ का अध्यक्ष देवकृष्ण थोक्करको सभाध्यक्षतामा भएको कमिटी गठन कार्यक्रममा माओवादी केन्द्र मकवानपुरका जिल्ला सचिवालय सदस्य कमलचन्द्र सुमनको प्रमुख आतिथ्यता रहेको थियो ।
