सरकारमा सहभागी हुनेबारे निर्णय लिन लोसपाले बैठक बोलायो

तु खबर संवाददाता
२०७८ चैत्र १३, आईतवार १७:३१
file-photo

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ । संघीय सरकारमा सहभागी हुने विषयमा छलफल गरेर निर्णय लिनका लागि लोसपाले कार्यकारिणी समितिको बैठक बोलाएको हो ।

बैठक चैत्र १६ गते बस्ने गरी बोलाइएको हो । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा छलफल गरेर निर्णय लिइने कार्यकारिणी समितिका एक सदस्यले बताए ।

प्रधानमन्त्री देउवाले लोसपालाई सरकारमा आउनका लागि आग्रह गरेपछि छलफल हुन लागेको हो । देउवाको प्रस्तावपछि लोसपाका केही नेताले स्थानीय तहको चुनावअघि नै सरकारमा सहभागी गराउनुपर्ने बताएका छन् । त्यो प्रस्तावमा समेत प्रधानमन्त्री देउवा सकारात्मक रहेको कारण पार्टीको बैठकबाट नै निर्णय गर्न लागेको ती नेताको भनाइ छ ।