माओवादी मकवानपुरले तोक्यो चुनावी कमाण्डर
मकवानपुर । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको बैठकले चुनावी कमाण्ड तोकेको छ । जिल्ला समन्वय समितिका संयोजक सर्केश घलानको अध्यक्षतामा बसेको बैठकले दश वटै स्थानीय तहमा चुनावी कमाण्ड तोकेको हो ।
बैठकले बागमती गाउँपालिकामा जिल्ला संयोजक सर्केश घलान, बकैया गाउँपालिकामा केन्द्री सदस्य बिजय गौतम, हेटौंडा उपमहानगरपालिकामा केन्द्रीय सदस्य प्रमिला पुलामी, मकवानपुरगढी गाउँपालिकामा केन्द्रीय सदस्य मानकुमारी नेपाली, भीमफेदी गाउँपालिकामा बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रेमबहादुर पुलामी, थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकामा केन्द्रीय सदस्य सन्तोष विष्टलाई चुनावी मोर्चाको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, कैलाश गाउँपालिकामा जिल्ला समन्वय समितिका सचिव भिम पाख्रिन, राक्सिराङ गाउँपालिकामा प्रदेश कमिटिका सचिवालय सदस्य ओम घलान र मनहरी गाउँपालिकामा प्रदेश कमिटी सचिवालय सदस्य बीरबहादुर घलानलाई जिम्मेवारी तोकेको नेकपा माओवादी मकवानपुरका नेता कमानसिं पाख्रिन (पृथक) ले जानकारी दिए ।
पार्टी केन्द्रीय सदस्य नारायण दाहालको प्रमुख आतिथ्यतामा भएको बैठकमा पार्टी केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानको विषेश आतिथ्यता रहेको थियो ।
