एमालेले स्थानीय तह निर्वाचन केन्द्रित घोषणापत्र बनाउँदै

तु खबर संवाददाता
२०७८ चैत्र ९, बुधबार १०:०७
file-photo

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचन केन्द्रि घोषणापत्र बनाउँदै छ । नीति अनुसन्धान प्रतिष्ठान र स्थानीय तह परिचालन विभागले स्थानीय तह निर्वाचन केन्द्रित घोषणापत्रको मस्यौदा तयार भएपछि गोष्ठी आयोजना गरिने पार्टी संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । गोष्ठीपछि केही एजेन्डा समेटेर घोषणापत्रलाई पूर्णता दिने र सार्वजनिक गरिने उनले बताए ।

घोषणापत्रमा मूलभूत रूपमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सरकारले गरेका विकास र समृद्धिसँग सम्बन्धित कामको फेहरिस्त, पार्टीको प्रदेश र स्थानीय सरकारले गरेका महत्त्वपूर्ण काम र स्थानीय तहको ५ वर्षे एमाले दृष्टिकोणलाई समेटिने उनको भनाइ छ । एमालेले अघिल्लो पटक सार्वजनिक गरेको स्थानीय तहको घोषणापत्रमा समावेश भएको तर कार्यान्वयन नभएका महत्त्वपूर्ण एजेन्डालाई पनि समेट्ने भएको छ । सथनीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुने भएको छ ।