एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै

तु खबर संवाददाता
२०७८ चैत्र ९, बुधबार ०८:१४

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (बुधबार) बस्दैछ । बैठक बिहान ११ बजे बबरमहलस्थित काकर्की ब्यांकेटमा बैठक बस्ने गरी बोलाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

उनका अुनुसार, आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचन केन्द्रित विषयमा बैठक बस्न लागेको हो । दुई दिनसम्म संचालन हुने उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको प्रतिनेदन, सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायतका कार्यसूची रहेको छजनाइएको छ ।