हेटौंडामा श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु
मकवानपुर । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ जम्बोमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । हेटौंडा ३ जम्बो भन्ने ठाउँमा घरायसी विवादको क्रममा ४१ बर्षीय अनिता विकको कुटाइबाट उनको श्रीमान् ४३ बर्षीय मित्रलाल सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
श्रीमतीको कुटाईबाट घाइते भएका सुनारको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । अनिता विकलाई भने मकवानपुर प्रहरीले नियन्त्रणमा लिइसकेको जनाइएको छ ।घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
