मकवानपुरमा रुखको हाँगाले च्यापिएर एक जनाको मृत्यु
मकवानपुर । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ६ मा मंगलबार रुखको हाँगाले थिचेर एकजनाको मृत्यु भएको छ । दिउँसो चलेको हावाहुरीका कारण पैदल हिँडिरहेका एक पुरुषको रुखको हाँगाले च्यापिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली गइसकेको छ । घटनाको थप विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
