किसान दुग्ध उत्पादन सहकारीको अध्यक्षमा सत्याल विजयी
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ स्थित किसान दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा उद्धव सत्याल विजयी भएका छन् । नयाँ कार्यसमिति चयनको लागि शुक्रबार भएको निर्वाचनको मतपरिणाम अनुसार, संस्थाको अध्यक्षमा सत्यान विजयी भएका हुन् ।
सत्यालले अर्का प्रत्यासी चन्द्रप्रसाद देवकोटालाई ८६ मतले पराजित गर्दै संस्थाको अध्यक्षमा विजयी भएका हुन् । अध्यक्ष पदका लागि भएको निर्वाचनमा जम्मा ३ सय ६९ मत खसेको थियो । तीमध्ये सत्यालले २ सय २१ मत प्राप्त गरेका थिए भने देवकोटाले १ सय ३५ मत प्राप्त गरेका थिए । सत्यालले नेपाली कांग्रेस, एकीकृत समाजवादी, माओवादीको (गठबन्धन) तर्फबाट प्यानल नै बनाएर निर्वाचनमा होमिएका थिए भने देवकोटाले नेकपा एमालेबाट उम्मेदवारी दर्ता गराएका थिए ।
यस्तै, संस्थाका उपाध्यक्षमा हेमप्रसाद न्यौपाने २ सय १८ मतका साथ विजयी भएका छन् । उनका प्रत्यासी कुवेरप्रसाद खतिवडाले १ सय १५ मत प्राप्त गरे । सचिवमा पदमराज ढुंगाना उत्सव प्रसाद भट्टराईसँग ८९ मतले पराजीत भए । ढुंगानाले १ सय १५ मत तथा भट्टराईले २०४ मत पाए । कोषाध्यक्षमा विजयी नारायण ढकालले १ सय ६४ मत तथा श्याम प्रसाद हुमागाईंले १ सय ४१ मत प्राप्त गरे ।
यसैगरी, संचालक समिति सदस्यहरुमा सुनिल राउत २१६, प्रकाश पौडेल १७८, दीपक देवकोटा १७६, दुर्गा महत १५८, सविता हुमागाईं १५२, प्रेमप्रसाद गौतम १५० र गिता धिताल १४८ मत प्राप्त गर्दै निर्वाचितका छन् । लेखा समितिमा पनि गठबन्धनका सुन्दर न्यौपाने संयोजक, रामकृष्ण दाहाल र रामबहादुर विक सदस्यमा निर्वाचित भएका छन् । उक्त निर्वाचनमा संस्थाका सेयर सदस्य नारायणप्रसाद भण्डारी निर्वाचन समिति संयोजकमा रहेका थिए ।
