चेम्बर अफ कमर्स मकवानपुरको अध्यक्षमा न्यौपाने
मकवानपुर । नेपाल चेम्बर्स अफ कमर्स मकवानपुरको अध्यक्ष माधव न्यौपाने चयन भएका छन् । कमर्सको मंगलबार भएको दोश्रो साधारण सभा तथा प्रथम अधिवेशनले न्यौपानेको संयोजकत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्ष कबिन सांगामी, महासचिव रबिन्द्रप्रसाद घिमिरे, सचिवमा शेखर थपलीया, कोषाध्यक्षमा शम्भु पुडासैनी र सह–कोषाध्यक्षमा विवेक भण्डारी चयन भएका छन् । यसैगरी, समितिको सदस्यमा क्रमशः संजयकुमार गुप्ता, शर्मिला श्रेष्ठ, पारसमणी थिङ, सन्तोष खतिवडा, हरिशरण सुबेदी, गांगाप्रसाद पौडेल, राजेश अग्रवाल, सुशान्त खतिवडा, शिवनारायण श्रेष्ठ र लक्ष्मीनारायण श्रेष्ठ रहेका छन् ।
कमर्सका अध्यक्ष बिजयलाल श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा नेपाल चेम्बर्स अफ कर्मसका केन्द्रीय बाणिज्य सभापति निरज राईको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश अध्यक्ष शिद्धिलाल श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।
