मकवानपुरमा ३५ बिगाह जग्गामा लगाइएको अफिम खेती नष्ट
मकवानपुर । मकवानपुरको विभिन्न स्थानमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले उक्त खेती नष्ट गरेको हो ।

जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ४ को चौकिटार, मादल सिंह, कैलाश गाउँपालिका वडा नम्वर ४ को बिलौनी र वडा नम्वर ७ को बिलासी, ताम्लाङ र वडा नम्वर ८ को रुपलाङ, डुडलुङलगायतको क्षेत्रमा ३५ बिगाहमा लगाइएको अफिम खेती मंगलबार प्रहरीले नष्ट गरेको हो ।

