मकवानपुरका गुरुङ मृत फेला

तु खबर संवाददाता
२०७८ फाल्गुन ३०, सोमबार १५:३९
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा एक जनाको शव फेला परेको छ । बकैयाँ गाउँपालिका वडा नम्वर ६ कत्लेस्थित आज (बिहान) एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त शव स्थानीय ५२ वर्षीय अर्जुन गुरुङको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए । स्थानीयले प्रहरीलाई दिएको जानकारी अनुसार, गुरुङ बिहान आफ्नो जग्गाको झाडी फाड्न बारीमा पुगेका थिए । सोही क्रममा बेहोस भएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको  प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।