जाल्पा लघुवित्तको आइपीओ आइतबारदेखि कारोबारमा आउने

तु खबर संवाददाता
२०७८ फाल्गुन २८, शनिबार १५:३१
file-photo

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) आइतबारदेखि कारोबारमा आउने भएको छ । कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएपछि भोलि (आइतबार) देखि कारोबारमा आउने भएको हो । नेप्सेले कम्पनीको कारोबार संकेत जाल्पा दिएको छ ।

लघुवित्तले सर्वसाधारणलाई जारी गरेको ५ लाख २२ हजार कित्ता र १० लाख ८७ हजार कित्ता संस्थापक सेयर गरी कुल १६ लाख सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको सेयरको सुरुवाती कारोबारका लागि नेप्सेले न्यूनतम १६४ दशमलव ६० रुपैयाँ र अधिकतम ४९३ दशमलव ८० रुपैयाँ मूल्य तोकेको छ । आइतबारदेखि कम्पनीको सेयर मूल्य यही न्यूनतम र अधिकतम मूल्यको बीचमा रहेर कारोबार हुनेछ ।