आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ फाल्गुन २६, बिहीबार १५:४९
सांकेतिक तस्वीर

पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–३ मा आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६२ वर्षीया सुमित्रा कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार, लुगामा आगो सल्किन गई घुँडा भन्दामाथि जलेर गम्भीर घाइते भएका थिए । घाइते उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो । कुमालको यही फागुन ८ गते घरमा जलेर घाइते भएको प्रहरीले जनाएको छ ।