एकैदिन २५०० ले बढ्यो सुनको भाउ

तु खबर संवाददाता
२०७८ फाल्गुन २५,बुधबार १५:०३
file-photo

काठमाडौं । आज साताको चौथो दिन (बुधबार) नेपाली बजारमा सुनको भाउ बढेको छ । आज सुनको भाउ प्रतितोला २ हजार ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउ बढेसँगै बुधबार छापावाला सुनको भाउ १ लाख ५ हजार ५०० रुपैयाँ र तेजाबी सुनको भाउ १ लाख ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार, अघिल्लो दिन मंगलबार सुनको छापावाला सुनको मूल्य १ लाख ३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख २५ सय रुपैयाँ रहेको थियो । सुनको मूल्य नेपाली बजारमा हालसम्मकै सर्वाधिक उच्च मूल्य हो । यसअघि २०७७ साल साउन २३ गते सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ पुगेको थियो ।

त्यस्तै, मंगलबार १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ४० रुपैयाँले बढेर १ हजार ४५० रुपैयाँ पुगेको सुनचाँदी महासंघले जनाएको छ ।