सोमबार झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको दोस्रो दिन नेप्से परिसूचक झिनो अंकले बढेको छ । नेप्से परिसूचक १.५४ अंकले बढेर २५ सय ४४ दशमलव ९३ अंकमा रोकिएको छ । यसअघि आइतबार नेप्से परिसूचक ३ दशमलव १४ अंकले घटेर २ हजार ५४३ दशमलव ३९ विन्दुमा पुगेको थियो ।
आज नेप्सेमा सूचीकृत २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०२ रुपैयाँको कारोबार भएको छ । यसअघि आइतबार नेप्सेमा सूचीकृत २३० कम्पनीको ५१ लाख ३९ हजार २३९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७२ रुपैयाँको कारोबार भएको छ ।
आज नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ५ समूहमा हरियाली छाएको छ भने अन्य सबै समूह राताम्य भएका छन् । बैंकिङ समूह, होटल तथा पर्यटन समूह, निर्जीबन बीमा समूह, उत्पादन तथा प्रशोधन समूह र अन्य समूहमा हरियाली छाएको छ । त्यस्तै, आज जीवन बीमा समूहको १५४.८४ रुपैयाँले घट्न पुगेको छ ।



