माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

तु खबर संवाददाता
२०७८ फाल्गुन २३, सोमबार ०९:४३

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज (सोमबार) पनि बस्दैछ । बैठक बिहान ११ बजे अनुपम फुडल्याण्डमा बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएको हो । आइतबार दुई पटक सारिएको बैठक आज बस्न लागेको हो । आज बस्ने बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन लगायतका एजेण्डामा छलफल हुने उनले जानकारी दिए ।

माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ । गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो ।