मकवानपुर बहुमुखी क्याम्पसमा सहिद सप्ताह विशेष कार्यक्रम हुने

तु खबर संवाददाता
२०७८ फाल्गुन २३, सोमबार ०९:०३

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित रहेको मकवानपुर बहुमुखी क्याम्पसमा सहिद सप्तमह विशेष कार्यक्रम हुने भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस इकाइ समितिले यही फागुन २५ गतेदेखि उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो ।

सहिद सप्ताह विषेश कार्यक्रमअन्तरगत डोरी तान्ने, एक सय मिटर दौड, हाजिरी जवाफ प्रतियोगिता, गजल, वतृत्वकला, म्याराथुन दौड, ब्यटमिन्टन चेस, म्युजिकल चियर, फ्रिफायर र पब्जी प्रतियोगिता संचालन गर्ने अनेरास्ववियू (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस इकाइ समिति अध्यक्ष छोइसाङ स्याङ्तानले जानकारी दिए ।

सहिद सप्ताह विषेश अन्तर्गतका कार्यक्रमहरु फागुन २५ गतेदेखि चैत ११ गतेसम्म संचालन हुने अध्यक्ष स्याङ्तानले बताए । पढाईसंग अतिरिक्त क्रियाकलापमा रुचि भएका क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी खेलकुद कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए । साथै उनले इच्छुक विद्यार्थीहरुले सम्बन्धि खेलका संयोजकहरुसंग सम्पर्क गर्न आग्रह गरेका छन् ।